समाचारमंगलबार, पौष १०, २०६९

अब फैसला आन्दोलनबाटैः कोइराला

हिमालखबर

१० पुसमा काठमाडौंको थलीमा कांग्रेस क्षेत्रीय सभापतिहरुको भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि वार्ता, सहमति र सहकार्यका माध्यमबाट दलहरु अघि बढिरहेकामा वर्तमान सरकारले अटेर गरेकाले सबै कुराको फैसला अब आन्दोलनबाटै हुने बताएका हुन् ।

लोकतान्त्रिक मूल्यमान्यताका लागि आन्दोलनको तयारीमा लाग्न उनले क्षेत्रीय सभापतिहरुलाई निर्देशन पनि दिए । सभापति कोइरालाले एमाओवादीले चाहेजस्तो अलोकतान्त्रिक र राष्ट्रहित विपरितको सहमति गरी आफू प्रधानमन्त्री नबन्ने पनि बताए । उनले भने, “आफ्नो जीवनभरको आदर्श दाउमा राखेर प्रधानमन्त्री बन्दैन ।”

उक्त भेलामा वरिष्ठ नेता शेरबहादुर देउवाले ‘वर्तमान बदनाम सरकार’मा आफ्नो दल सहभागी हुने भ्रम नपाल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “वार्ताबाट समाधान नभए संघर्षबाट यो सरकार ढल्छ”, उनले भने ।

थली, डाँछी–७ मा भएको भेलाले लोकतन्त्रको रक्षाका लागि पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गरी निर्वाचन्न सम्पन्न गराउन सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>