समाचारबुधबार, पौष ११, २०६९

हामी एक ढिक्का छौं: कोइराला

हिमालखबर

पार्टीका २४० क्षेत्रीय सभापतिहरूका लागि ११ पुसमा आफ्नै निवासमा आयोजित चियापान कार्यक्रममा सभापति कोइरालाले पार्टीमा कुनै झगडा नभएको भन्दै कुनै विवाद भए त्यसको विधिवत रुपमा निराकरण हुने बताए । कोइरालाले भने, “हामी पार्टीमा एकढिक्का छौँ, कुनै झगडा छैन तर, पार्टीका विभिन्न तहका नेता कार्यकर्ता पनि एकजुट हुनुपर्छ ।”

सभापति कोइरालाले एनेकपा माओवादीको जालझेल र धम्की सबैले बुझेको भन्दै अब एमाओवादीको सर्वसत्तावाद चल्न नसक्ने बताए । “राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको आदर्श र सिद्वान्त नै अहिलेको विश्वव्यापी लहर हो, यसको विरुद्व जानेहरू आफैँ बढारिएर जान्छन्,” उनले भने । राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र दिगो शान्तिबाट मात्रै देशको आर्थिक विकास हुने कोइरालाको भनाई थियो ।

उनले पार्टीभित्र एकता रहेको भन्दै आगामी निर्वाचनका लागि स्थानीय तहमा पनि एकढिक्का भएर दृढ विश्वासका साथ अघि बढ्न क्षेत्रीय सभापतिहरूलाई निर्देशन दिए ।

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पुस ७ गतेदेखि १० गतेसम्म राजधानीको थलीमा आयोजना गरेको राष्ट्रिय प्रशिक्षण भेलामा सहभागी भएका क्षेत्रीय सभापतिहरूका लागि पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि आजै स्वागत कार्यक्रमको आयोजना गरिन् ।

कार्यक्रममा केन्द्रीय सदस्य कोइराला, कृष्णचन्द्र नेपाली, एनपी सावद, डा मीनेन्द्र रिजाल, रामकृष्ण यादव, गगन थापा, सुजाता परियारलगायतका केन्द्रीय सदस्यहरूले काँग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गरी निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

उनीहरूले एमाओवादीको जालझेलमा नफस्न पार्टी शीर्ष नेतृत्वलाई आग्रह गर्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>