समाचारबुधबार, पौष ११, २०६९
जातीय मुक्ति मोर्चाका सदस्यहरु पक्राउ
काठमाडौंको नयाँबसपार्कस्थित कोशी संगम गेष्ट हाउसबाट मोर्चाका केन्द्रीय सदस्यह मधुसुदन रिजाल, वार्ता टोली संयोजक सीतादेवी यादव, पोलिटब्यूरो सदस्य जितेन्द्र प्रसाद साह, सचिवालय सदस्यहरु जागेश्वर महरा र कुमार मगर पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट खुकुरी, जिआर्ई पाइप ५१ थान, विष्फोटक पदार्थ सहितका सामाग्री बरामद गरेको छ । आफ्ना माग सरकारले सम्बोधन नगरे दबावका लागि उपत्यकाका विभिन्न ठाउँमा विष्फोटन गराउने मोर्चाको योजना रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
