समाचारबिहीबार, पौष १२, २०६९

ठूलो परिमाणमा गाँजा बरामद

हिमालखबर

पर्सा प्रहरीले विभिन्न ठाउँमा छापामारी ४५ क्विन्टल गाँजा बरामद गरेको हो । पर्साको बगहीबाट १२ पुस बिहान मात्रै प्रहरीले एक ट्रक गाँजा बरामद गरेको छ । बिशेष सुराकीको आधारमा बगही ९ दरदर्वा गाँउबाट एच आर ६९ ए ४५२५ नम्बरको भारतीय ट्रकमा लोड गरिएको ३० क्वीन्टल गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

परालको कुन्यूमा लुकाएर राखिएको गाँजा तस्करहरुले ट्रकमा लोड गरिरहेको अवस्थामा पुगेको प्रहरीको टोलीलाइ देख्ने बित्तिक्कै तस्करहरु ट्रक छाडेर भागेको प्रहरीको दाबी छ । बाक्लो हुस्सुका कारण तस्करहरुलाइ पक्राउ गर्न नसकिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । गाँजा सहितको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

यसअघि प्रहरीले दुई दिनमा जिल्लाको निर्मलबस्ती, भौराटार र पटेर्वा सुगोलीबाट १५ क्विन्टल भन्दा बढी परिमाणमा अवैध गाजा बरामद गरेको थियो । अलीअसगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>