समाचारबिहीबार, पौष १२, २०६९
कुर्सी मोह छैनः कोइराला
हेटौंडामा १२ पुसमा आयोजित एक कार्यक्रममा उनले पद भन्दा पनि देश र जनताको मुक्ति प्रमुख भएकोले अहिले त्याग देखाउनुपर्ने बेला भएको टिप्पणी गरे । उनले मुलुकमा शान्ति र लोकतन्त्र धरापमा परेको भन्दै अन्तत्वगत्वा सत्य, शान्ति र लोकतन्त्रकै विजय हुने धारणा व्यक्त गरे ।
एमाओवादीले प्रधानमन्त्रीको उम्मेदवार माग गरे पछि आफ्नो पार्टीले निर्णय गरी उम्मेदवारी प्रस्तुत गरेको दोहोर्याउँदै
कोइरालाले एमाओवादीको द्वैध चरित्रले देश समस्यामा फसेको आरोप लगाए । राजनितिक सहमतीबिना देशले निकास नपाउने भन्दै कोइराला देशमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि फेरि कांग्रेसले संघर्ष गर्नुपर्ने बेला भएको बताएका थिए । अशोक सुजन श्रेष्ठ, हेटौडा
