समाचारबिहीबार, पौष १२, २०६९

सत्ता गठबन्धनका चार विकल्प

हिमालखबर

संघीय लोकतान्त्रिक गठवन्धनको १२ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी पुस २५ गतेभित्र प्याकेजमा सहमति हुने हो भने सरकारको नेतृत्व जो सुकैको पनि हुनसक्ने यदि त्यसो नभए संविधानसभा पुनःस्थापनामा जाने विकल्प प्रस्तुत गरेको छ ।

बैठकले बाबुराम भट्टराई नेतृत्वकै सरकारमा प्रतिपक्षीहरुलाई समेटेर सहमतीय सरकारको बनाउने र सत्ता गठवन्धनभित्रबाटै सहमतीय सरकारको नेतृत्व चयन गर्ने यसअघिका दुई विकल्पहरु पनि कायमै राखेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

सहमतिको प्याकेजलाई खुलाउँदै उनले भने, “विघटित संविधान सभामा भएका सहमतिहरुको स्वामित्व ग्रहण गर्ने, आगामी बैशाखभित्रै संविधान सभाको निर्वाचन सुनिश्चित गर्दै त्यसका लागि संविधान संशोधनको विधि र प्रक्रियामा सहमति साथै संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिलगायतका विषयहरुमा प्याकेजमै सहमति हुनुपर्छ ।”

गठबन्धनको यो निर्णयले दलहरुबीच सहमतिको सम्भावना बढेको प्रवक्ता सिंहले हिमालखबरलाई बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>