समाचारशुक्रबार, पौष १३, २०६९

बस दुर्घटनामा १३ को मृत्यु, २२ घाइते

हिमालखबर

घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ भने केहीलाई नेपालगञ्जतर्फ लगिएको छ ।

सुर्खेतको गुमी गाविसबाट वीरेन्द्रनगर आउँदै गरेको मध्यपश्चिम यातायात व्यवसायी समितिको ना २ ख ५७–४१ नम्बरको बस दशरथपुर गाविस–६ स्थित गमखोला नजिक दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय छिन्चुले दिएको जानकारीअनुसार जिर्ण कच्ची सडकमा बस अन्यन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ ।

सुर्खेतमा यात्रु बाहक बस दुर्घटना, १३ को मृत्यु

१३ पुस बिहान ९ बजे सुर्खेतको गुमीबाट सदरमुकाम आउँदै गरेको ना २ ख ५७४१ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् ।

author=30″>हिमालखबर

शुक्रबार , १३ पुस २०६९ ११:३६ एम

सुर्खेतको दशरथपुर र कल्याणपुर गाविसको सिमानामा पर्ने गम खोलामा सडकबाट ५० मिटर तल खसेको बसको उद्धार कार्य जारी रहेको र मृतकको संख्या अझै बढन सक्ने प्रहरी नायब उपरिक्षक बिनोद घिमीरेले हिमालखबरलाई बताए । उनका अनुसार घाइतेहरुलाई जिल्ला सदरमुकाम र नेपालगञ्ज तर्फ लगिदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>