समाचारशुक्रबार, पौष १३, २०६९

निरंकुशता रोक्न आन्दोलन जरुरीः गौतम

हिमालखबर

प्रेस चौतारी बाँकेले १३ पुसमा नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गौतमले सरकारकै कारण राजनीतिक सहमति हुन नसकेको भन्दै सहमतिका लागि दबाव दिन पनि आन्दोलन जरुरी रहेको बताए । उनले भने, “ जनता जागेपछि दुनियाँका सबै तानाशाहहरु ढलेको इतिहास छ, बाबुराम सरकार पनि त्यसैगरी ढल्ने छ ।” उनले दुईचार महिना वा दुईचार बर्ष नै लागे पनि आन्दोलनको विकल्प नभएको भन्दै थपे, “एमाओवादीको निरंकुशताका लागि राजतन्त्र फालिएको होइन ।”

प्रधानमन्त्री बाबुराम भट्टराईले विदेशी शक्तिका आडमा एकपछि अर्को लोकतन्त्रविरोधि निर्णय गरेको आरोप लगाउँदै नेता गौतमले सरकारले मुलुकमा अराजकता र भ्रष्टाचारलाई बढावा दिइरहेको बताए । संविधान निर्माण र राजनीतिक सहमतिमा अहिलेसम्म एकीकृत नेकपा माओवादी वाधक बनिरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>