समाचारशुक्रबार, पौष १३, २०६९

नेपालको राजनीतिक गतिरोधप्रति भारतीय चिन्ता

हिमालखबर

राष्ट्रपति यादवसँग १३ पुस बिहान भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडकरी, विदेश विभाग प्रमुख विजय जोली, काग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले भेटवार्ता गरेका छन् । भेटका क्रममा सबै जसो नेताहरुले नेपालको राजनीतिक संकट र निकासका सम्भावनाबारेमा चासो ब्यक्त गरेका छन् ।

भेटपछि कांग्रेस प्रवक्ता सिंघवीले नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिदै राष्ट्रपति डा यादवले आफू फर्किएपछि मुलुकले निकास पाउने विश्वास ब्यक्त गरेको बताए । भाजपा अध्यक्ष गडकरीले नेपालमा जारी राजनीतिक गतिरोधको विषयमा छलफल भएको भन्दै आफूहरु नेपालमा दलहरुको सहमति भएको खबरका लागि आतुर रहेको बताए । उनले नेपालमा सहमतिमा निर्वाचन र लोकतन्त्र अघि बढ्नु पर्ने भन्दै सहमतिको लागि राष्ट्रपतिले चालेको कदमको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>