समाचारशुक्रबार, पौष १३, २०६९

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

हिमालखबर

दुर्घटनामा २६ जना घाइते भएका छन् । सुर्खेतको गुमीबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना २ ख ५७४१ नम्वरको बस दशरथपुर गाविस–६ को गमखोला नजिक सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी दरथपुर–५ का २९ वर्षीय कुमार पौडेल, चितवन भरतपुर घर भई नेपाली सेनामा कार्यरत ४३ वर्षीय राम रानाभाट, सेनामै कार्यरत दशरथपुर–७ का २७ वर्षीय मानबहादुर गाहा तथा गुमी–५ का २९ वर्षीय गजेन्द्र गुरुङ, दशरथपुर–४ का १० वर्षीया ममता खड्का, दशरथपुर–५ का ११ वर्षीया दीपा ढकाल, गुमी–४ का ३४ वर्षीय केशर श्रीस, केशरका ११ वर्षिय छोरा प्रज्ज्वल, साटाखानी–८ का १२ वर्षीय यमन मिटुनको मृत्यु भएको छ । त्यस्तै कल्याण–८ का ४५ वर्षीय चन्द्रकला रावत, गुमी–१ का ९ वर्षीय अजीत सुनार, लेखफर्शा–९ का ३१ वर्षीय बुद्धिकला फौजा र दैलेख चोराठाका ३६ वर्षीय टंकराज विकको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार वीरेन्द्रनगर नगरपालिका–६ बस्ने बसका चालक ललित भण्डारीसहित २६ जना दुर्घटनामा घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका दीनेश पुन, जैसरा श्रीस, पार्वती सुनार र ललित भण्डारीलाई उपचारका लागी बाँके लगिएको छ । अन्य घाइतेहरुको वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>