समाचारशुक्रबार, पौष १३, २०६९

नेपाली सेनालाई हतियार दिन तयार छौं: एन्टोनी

हिमालखबर

भारत भ्रमणमा रहेका राष्ट्रपति डा रामवरण यादवसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै एन्टोनीले नेपाल सरकारले सेनाका लागि आवश्यक हतियार र भौतिक सामग्री माग गरे भारत दिन तयार रहेको बताएका हुन् ।

तत्कालिन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भारतले नेपाली सेनालाई नियमित दिदै आएको हतियार अनुदान रोकेको थियो । एन्टोनीले रोकिएको सहयोगको शृंखलालाई निरन्तरता दिन भारत तयार रहेको बताएको भ्रमण टोलीका सदस्यहरुले जानकारी दिएका छन् । उनले भारत संधै नेपाली सेनाको आधुनिकीकरणको लागि तयार रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>