समाचारशुक्रबार, पौष १३, २०६९
ठगलाई पक्रदा सप्तरीमा झडप
तन्त्रमन्त्र गरी उपचार गर्ने नाउँमा स्थानीय सबुजन खातुन र समसुल मियाँल ठगी गरेको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा खातुन र मियाँलाई प्रहरीले १२ पुस राति पक्राउ गरेको थियो । १३ पुस विहान उपचारका लागि आएका सयौं व्यक्तिले उनीहरुलाई प्रहरीले पक्राउ गरेको थाहा पाए पछि नेपाल प्रहरीको बेस क्याम्पमा आक्रमण र तोड्फोड शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक गोबिन्द अधिकारीले बताए ।
तोडफोडका क्रममा प्रहरीको लाठी चार्जबाट एकदर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरु धनुषा, सर्लाही, रौतहट, सिरहालगायत बिभिन्न जिल्लाबाट आएका व्यक्तिहरु छन् । त्यस्तै, प्रदर्शनकारीको ढुंगा प्रहारबाट असई महिषकुमार यादव, प्रहरी जवान दीपक खत्री, चन्द्रकुमार राई, अशोक यादव र रमेश महतो घाइते भएका छन् ।
पानी र तेललाइ फेटेर विशेष मन्त्रोच्चारण गरी चामत्कारिक औषधि बनाइएको र उक्त घोलबाट रोग निको पार्ने दावी गर्दै आएका खातुन र मियासँग उपचार गराउन मुलुकका बिभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत हजारौं व्यक्तिहरु दैनिक रुपमा आउने गरेका थिए ।
१३ पुस विहान उपचारका लागि जम्मा भएका व्यक्तिहरुले खातुन र मियाँलाई नभेटेपछि पूर्व पश्चिमराजमार्ग अन्तर्गत कञ्चनपुरमा केही बेर चक्काजाम समेत गरेका थिए । श्रवणकुमार देव, सप्तरी
