समाचारशनिबार, पौष १४, २०६९
राष्ट्रपति डा यादव स्वदेश फिर्ता
राष्ट्रपति यादव सहितको टोली १४ पुस दिउँसो तीनबजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको हो । गत ९ पुसमा भारत गएका राष्ट्रपतिले भारतीय समकक्षी, प्रधानमन्त्री, विभिन्न दलका नेता र सरकारी अधाकारीहरुसँग भेटवार्ता गरेका थिए ।
वनारस विश्वविद्यालयले प्रदान गरेको ‘डाक्टर अफ ल’ को उपाधि ग्रहणपछि राष्ट्रपति दिल्ली पुगेका थिए । ९ पुसमा भारत भ्रमण जानुअघि राष्ट्रपति डा यादवले दलहरुलाई सहमतिका लागि दिएको म्याद पनि आजे सकिंदैछ । राष्ट्रपति स्वदेश आएपछि दलहरुबीचको छलफललाई अघि बढाउने राष्ट्रपति कार्यालयले जनाएको छ ।
