समाचारशनिबार, पौष १४, २०६९

बास्तोलालाई मस्तिष्क घात, अवस्था गम्भीर

हिमालखबर

पारिवारिक भेलामा विराटनगर पुगेका बास्तोला अचानकै बेहोसपछि उनलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यहाँ उनलाई ब्रेन हेमरेज भएको पुष्टि भएको अस्पतालका निर्देशक डा अरविन्दकुमार सिन्हाले हिमालखबरलाई बताए ।

“उहाँको परिक्षणपश्चात ब्रेन हेमरेज भएको पुष्टि भएको छ,” निर्देशक सिन्हाले भने, “हामीकहाँ त्यससम्बन्धी विशेषज्ञ डाक्टर नभएकोले सुविधासम्पन्न अस्पतालमा जानका लागि सिफारिस गरेका छौं ।” वास्तोलाको अवस्था गम्भीर रहेको पनि डा सिन्हाले बताएका छन् । अहिले बास्तोलालाई उपचारका लागि एम्बुलेन्सबाट भारतको सिलगुढी लगिएको छ ।

यसअघि वास्तोलालाई हृदयघात भएको बताइए पनि अस्पतालका निर्देशकले मस्तिस्क घात भएको स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>