समाचारशनिबार, पौष १४, २०६९

आफ्नो समस्या आफैं समाधान गर्नुपर्छः राष्ट्रपति

हिमालखबर

राष्ट्रपति डा यादवलाई विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति परमानन्द झा । तस्बीर: रासस

भारतको ६ दिने भ्रमण सकेर स्वदेश फर्केका राष्ट्रपति यादवले विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै भने, “भ्रमणका क्रममा औपचारिक र अनौपचारिक भेटघाट भए, समाधान (नेपालको राजनीतिक समस्याको) उहाँहरुले  (भारतले) दिने होइन, हामी आफैले मिलाउनुपर्छ ।” मुलुकलाई निकास दिन राजनीतिक दलहरुबीच सहमति जरुरी रहेको राष्ट्रपतिको भनाई थियो ।

९ पुसमा भारत भ्रमणमा जानु अघि दलहरुलाई ‘लोकतन्त्र मासिएकोछ, म फर्कंदासम्म सहमति गर्नुहोला’ भनेका राष्ट्रपतिलाई ‘हामी समयमै सहमति गर्छौं’ भनी प्रतिबद्धता जनाएका दलहरुले यसबीच एकपटक पनि औपचारिक बैठक गर्न सकेका छैनन् ।

विपक्षी दलहरु भने राष्ट्रपति फर्केर आएपछि एकपटक सहमतिको प्रयास गर्ने र त्यसो सम्भव नभए आन्दोलनमा जाने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>