समाचारआइतबार, पौष १५, २०६९
राष्ट्रपति र दलहरुबीचको छलफल सकियो
राष्ट्रपति कार्यालय शीतल निवासमा १५ पुस बिहान भएको छलफलमा राष्ट्रपति यादवले जसरी भएपनि सहमति गर्न दलहरुलाई दबाव दिएका छन् ।
नेताहरुले भने सहमतिका लागि फेरि थप समय माग गरेको र सहमतिका लागि प्रतिवद्धता दोहो¥याएका छन् । कांग्रेस सभापति सुशील कोइराला भने छलफलको बीचबाटै बाहिरिएका थिए ।
राष्ट्रपति भारतबाट फर्कनुअघि सहमति गर्ने प्रतिवद्धता जनाएका दलहरुले यो बीचमा कुनै औपचारिक छलफल नै नगरी समय कटाएपछि राष्ट्रपतिले असन्तुष्टि ब्यक्त गरेका छन् । राष्ट्रपतिसँग छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरु शीतलनिवास पुगेका थिए ।
