समाचारआइतबार, पौष १५, २०६९
पूर्व सचिव दीक्षितको निधन
भोजन नलीमा समस्याका कारण लामो समयदेखिका विरामी परेका उनको राति सुतिरहेको अवस्थामा काठमाडौंको गैह्रीधारास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १४ पुस राति टेलिभिजनमा क्रिकेट म्याच हेरेर सुतेका उनी विहान ओछ्यानमै मृतअवस्थामा भेटिएका थिए ।
संयुक्त राष्ट्रसंघमा पनि लामो समय काम गरेका दीक्षित नेपाल वायुसेवा निगमको अध्यक्षसमेत रहिसकेका थिए । विपी कोइरालाको स्वकीय सचिव हुँदादेखि प्रशासनिक र विभिन्न निकायमा काम गर्दाको अनुभव समेटेर उनले लेखेको पुस्तक ‘फाटफुट सम्झना’ केही वर्षअघि प्रकाशित भएको छ ।
दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न भएको छ ।
