समाचारआइतबार, पौष १५, २०६९

जनजाति नेताहरुको अर्को पार्टी घोषणा

हिमालखबर

अशोक राई नेतृत्वसँग असन्तुष्ट रहेका जनजाति अगुवाहरुले ‘सामाजिक लोकतान्त्रिक पार्टी’ घोषणा गरेका हुन् । नयाँ पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल सहित ६३ सदस्यीय समिति रहेको छ ।

जनजाति नेताहरु डा. चैतन्य सुब्बा, कुमार राई र पासाङ शेर्पालगायतको अगुवाईमा नयाँ पार्टीको घोषणा गरिएको हो । आज अध्यक्ष मण्डलसहितको तदर्थ समिति घोषणा गरिएको र केहीदिनमा पार्टीमा रुपान्तरण गरिने कुमार राइले जानकारी दिए । बिहान काठमाण्डुको चावहिलस्थित एउटा पार्टी प्यालेसमा कार्यक्रम गरी नयाँ पार्टीको घोषणा गरिएको हो । पहिचानसहितको संघीयतामा एमाले र कांग्रेससँग असहमत भएपछि गत २५ साउनमा डा. चैतन्य सुब्बा नेतृत्वको एक कार्यदल बनाइएको थियो ।

यसअघि अशोक राईको नेतृत्वमा ‘संघीय समाजवादी पार्टी’ घोषणा भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>