समाचारआइतबार, पौष १५, २०६९

हिंसाविरुद्ध उत्रिन एमालेको निर्देशन

हिमालखबर

१४ पुसमा एमाले अध्यक्ष खनालले विज्ञप्ति जारी गरी मुलुकमा केही समय यता महिलाविरुद्ध बढिरहेका हत्या, हिंसा र यौन दुर्ब्यवहारका घटनाहरुबाट पार्टी चिन्तित भएको भन्दै त्यसविरुद्ध उत्रिन कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । “हाम्रो पार्टी यस्ता घटनाविरुद्ध सशक्त प्रतिवाद गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ,“सिंगो पार्टी पंक्ति एवम् सम्बद्ध जनसंगठनहरुलाई यस्ता घटनाहरुको विरोधमा उत्रिन पनि निर्देशित गर्दछ ।”

विज्ञप्तिमा बर्दियाकी शिवा हासमीलाई जिउँदै जलाइएको, बारामा विन्दु ठाकुरको रहस्यमय हत्या, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीमाथि भएको लुटपाट एवम् बलात्कारको घटना र अन्य विभिन्न स्थानमा भएका रहस्यमय हत्या र दुर्ब्यवहार सभ्य समाजलाई लज्जित गर्ने प्रकृतिका घटनाहरु भएको ठहर गरेको उल्लेख छ ।

हिंसाका सबै घटनाका दोषीहरु पत्ता लगाउन, दण्डित गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन तथा यस्ता घटनाहरुको पुनरावृत्ति रोक्दै महिलाहरुको अस्मिता र भौतिक सुरक्षामा गंभीर बन्न अध्यक्ष खनालले सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>