समाचारसोमबार, पौष १६, २०६९
दलहरुले वार्ता शुरु गर्न सकेनन्
१५ पुसमा राष्ट्रपति समक्ष आजबाट छलफल गरेर पाँच दिनमा सहमतिको कोशिस गर्ने बताएका दलहरुले १६ पुसमा कुनै पनि छलफल र वार्ताको कार्यक्रम तय गरेका छैनन् ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज दलहरुसँग छलफल नरहेको बताए । “बेलुकासम्म छलफल हुन पनि सक्छ तर, अहिले सम्म कुनै छलफल छैन,” प्रवक्ता सापकोटाले भने । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले पनि कुनै छलफल नरहेको बताए । नेपाली कांग्रेसले भने आज आन्तरिक कार्यक्रम रहेकाले छलफल नराखेको बताएको छ ।
दलहरुबीच सहमतिका प्रयास भए पनि पछिल्लो समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले सत्ता नछोड्ने अडान र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभा पुनःस्थापनाको विषय उठाएपछि दलहरुबीचको दुरी बढेको छ ।
