समाचारसोमबार, पौष १६, २०६९
सर्लाहीमा युवतीको हत्या
एघार महिनाअघि बिबाह गरेकी १८ बर्षीया ममता महतो आइवार दिउँसो आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताएका छन् ।
ममतालाई घर बाहिर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत्यु लगत्तै पति रामकिसुन बेपत्ता छन् । घरभित्र एउटा प्लेटमा चाउमिन, अर्को प्लेटमा भुटेको मकै राखेको र शृंगारका सामानहरु छरिएको अबस्थामा फेला परेको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।
पहिली पत्नीले एक बर्षअघि २ वालवालिका सहित आत्महत्या गरेपछि ममतालाई दोस्री पत्नीका रुपमा श्रीमतीको रुपमा रामकिसुनले भित्र्याएका थिए । परिवारले मृत्युको सूचना नदिनु, प्रहरी पुग्नासाथ पति बेपत्ता हुनु, घर भित्र सामान फ्याकिएको पाइनुले मृत्यु अघि पति पत्नी बिच झगडा भएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै, चाउमिन र भुटेको मकै ठिक्क पारेको बेला आत्महत्या गरेको हो भन्ने अबस्था नभएको र घरभित्र मृत्यु भएपछि शव बोकेर बाहिर राखिएको प्रहरीले जनाएको छ ।
शवलाई १६ पुस विहान सर्लाही जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमाका लागि ल्याइएको छ । विश्वनाथ ठाकुर, सर्लाही
