समाचारसोमबार, पौष १६, २०६९
दाहाल बैंकक गए
पत्नी सीताको मृगौलामा समस्या देखिएकाले उपचारका लागि बैंकक गएको उनका स्वकीय सचिव शिव खकुरेलले बताएका छन् । दाहालको भ्रमणमा कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ ।
पार्टीको आगामी महाधिवेशनका लागि दस्तावेज लेख्न ‘एकान्तवास’ मा रहेका दाहाल एक्कासी बैंकक तर्फ लागेका हुन् । सीताको बैंककस्थित ग्रोमर अस्पतालमा जाँच गराउने कार्यक्रम तय भएको सचिव खकुरेलले बताएका छन् ।
