समाचारबुधबार, पौष १८, २०६९
काठमाडौंमा फेरि बर्डफ्लु देखा पर्यो
सीतापाइलाको एक लेयर्स फर्ममा १७ पुसमा बर्डफ्लुुको संक्रमण देखिएपछि आज कुखुरा नष्ट गरिएको हो । पशु सेवा निर्देशनालयको टोली १८ पुस बिहानै फार्ममा पुगि कुखुरा नष्ट गरेको थियो ।
पुश निर्देशानलयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले कुखुरा नष्ट गर्ने काम भएको र उच्च सर्तकता पनि अपनाइएको बताए । सीतापाइलाको प्रम मानन्धरको कुखुरा फार्ममा झण्डै तीन हजार कुखुरा थिए । यसअघि पनि सीतापाइला र नजिकै रामकोटको कुखुरा फार्ममा बर्डफ्लु देखा परेको थियो ।
