समाचारबुधबार, पौष १८, २०६९
प्रधानमन्त्रीले भने– ‘तेस्रो विकल्प खोजौ’
१८ पुस बिहान नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई कांग्रेसको नेतृत्व स्वीकार्य नभएको भन्दै विकल्पमा छलफल गर्न नेता नेपालसँग आग्रह गरेका छन् ।
जवाफमा नेता नेपालले एकीकृत माओवादीकै आग्रहमा कांग्रेस सभापति सुशील कोइरालाको नाम प्रस्ताव गरिएकाले उनकै नाममा सहमति जुटाउन आग्रह गरेका थिए । पटक पटक बोली फेरिरहँदा विश्वसनीयता बाँकी नरहने भन्दै सकेसम्म कोइरालाका नाममै सहमतिको सरकार गठनका लागि उनले आग्रह गरेको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले भेटेलगत्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपालबीच पनि छलफल भएको छ । भट्टराई बाहिरिए लगत्तै ठाकुर कोटेश्वर पुगेका थिए ।
