समाचारबुधबार, पौष १८, २०६९

भट्टराईले चाहेसम्म उहाँ नै प्रधानमन्त्री: पोखरेल

हिमालखबर

१८ पुसमा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउनसक्ने अधिकार कसैलाई नभएको दाबी गरे । उनले अहिलेकै अवस्थामा बाबुराम भट्टराईले चाहेसम्म प्रधानमन्त्री पदमा रहिरहने पनि जिकिर गरे ।

सत्तारुढ दलहरुलगायत बाट स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनको चर्चा चलाइएका बेला नेता लीलामणी पोखरेलले भने त्यसो गर्न नहुने बताएका छन् । पोखरेलले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा जनतामा दलहरु असक्षम भएको सन्देश जाने भएकाले यस्तो गर्न नहुने धारणा व्यक्त गरे ।

स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा दलहरु असक्षम भएको अर्थ लाग्ने र जनतामा गलत धारणा विकास हुनसक्ने उनले बताए ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>