समाचारबुधबार, पौष १८, २०६९
बुधबार साप्ताहिक पत्रिका कब्जामा
उक्त साप्ताहिकका सम्पादक विष्णु रिजालका अनुसार वितरणका लागि काठमाडौको भुगोलपार्कमा राखिएका सबै प्रति सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङको प्रत्यक्ष निर्देशनमा केही ‘गुण्डाहरु’ले कब्जामा लिएका थिए । उनले भने, “पत्रिका वितरण हुनु अघि नै भुगोलपार्कबाट कब्जामा लिए तर, बानेश्वर र अन्य ठाउँमा पुर्याएको भने वितरण भयो । ”
बुधबार साप्ताहिकमा निर्मल गुरुङका सम्बन्धमा समाचार प्रकाशित भएपछि पत्रिका कब्जामा लिएको रिजालको आरोप छ ।
