समाचारबिहीबार, पौष १९, २०६९
एमाले आगामी रणनीति बनाउँदै
नेकपा एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ । राष्ट्रपतिले दिएको पछिल्लो समय पनि सकिनै लाग्दा सहमति जुट्न नसकेपछि एमालेले अब अपनाउने रणनीतिका विषयमा बैठकमा छलफल हुने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार विपक्षीदलहरुका तर्फबाट एमालेले लिने अग्रसरता र वर्तमान सरकारको बर्हिगमका लागि अपनाउने उपायका बारेमा पनि थप छलफल हुनेछ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्था र संकटको निकासबारेका विभिन्न विकल्पमा छलफल हुनेछ । राष्ट्रपति डाक्टर यादवले सहमतिका लागि थप गरेको सातौ पटकको समय २० पुसमा सकिंदैछ ।
