समाचारबिहीबार, पौष १९, २०६९

प्रधानमन्त्रीको प्रस्ताव सहमति टार्ने बाहनाः एमाले

हिमालखबर

एमाले स्थायी कमिटीको १९ पुसमा बसेको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार गठन गर्न राखेको प्रस्ताव बारे अवगत गराएका थिए । उक्त प्रस्तावबारेमा टिप्पणी गर्दै एमाले स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको प्रस्ताव औचित्यहिन भएको बताएका हुन् ।

“नेताहरु व्यस्त भएकाले औपचारिक निर्णय भएन तर, हाम्रो पुरानो निर्णय यथावत नै छ,” एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले हिमालखबरसँग भने, “प्रधानमन्त्रीको प्रस्ताव सहमति टार्ने बाहनामात्रै हो ।” नेताहरु विभिन्न वार्ता र कार्यक्रमहरुमा व्यस्त रहेकाले बैठक २० पुससम्मका लागि स्थगित गरिएको पनि ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>