समाचारबिहीबार, पौष १९, २०६९

करिमा फेरि फोरम नेपालमै

हिमालखबर

वीरगन्जको होटल सम्झानामा १९ पुसमा आयोजित कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर टिका लगाएर बेगमलाइ पार्टीमा प्रवेश गराएका हुन् । बेगम, संविधानसभाको चुनावमा पर्साको क्षेत्र नम्बर १ बाट फोरम नेपालकै तर्फबाट निर्वाचित भएकी थिइन् । फोरम नेपालबाट छुट्टिएर विजयकुमार गच्छदारले फोरम लोकतान्त्रिक गठन गर्दा उनी पनि लोकतान्त्रिकमै आएकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ बेगमले फोरम लोकतान्त्रिक पार्टी सत्तामुखी भएको र मधेशको समस्या प्रति उदासीन देखिएकाले आफु पुन फोरम नेपालमै प्रवेश गरेको बताइन् ।

अली असगर ,वीरगन्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>