समाचारबिहीबार, पौष १९, २०६९
द्वन्द्वकालका पीडक बेलायतमा पक्राउ
बीबीसीका अनुसार नाम नखुलाइएको ४५ वर्षीय उक्त व्यक्तिलाई बेलायतको पूर्वी ससेक्समा बिहीबार त्यहाँको महानगरीय प्रहरीले पक्राउ गरेको हो ।
बेलायतको ‘क्रिमिनल जस्टिस एक्ट १९८८ (१३४)’ अनुसार उक्त व्यक्तिलाई द्वन्द्वकालमा मानवअधिकार उल्लंघन गरेको तथा यातना दिएको अभियोगमा पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस कानून अनुसार बेलायती सरकारले विदेशमा भएका मानव अधिकार उल्लंघनमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गर्नसक्ने व्यवस्था छ ।
प्रहरीले संक्षिप्त वक्तव्य जारी गर्दै उक्त व्यक्ति ससेक्सकै प्रहरी नियन्त्रणमा रहेको जनाएको छ । त्यहाँको आतंकवाद नियन्त्रण कमाण्डले थप अनुसन्धान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
