समाचारशुक्रबार, पौष २०, २०६९

एमाओवादीको प्रस्ताव हास्यास्पदः ओली

हिमालखबर

महाराजगञ्जमा सभापति कोइरालासँगको  भेटपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै नेता ओलीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए । उनले उक्त प्रस्ताव औचित्यहिन भन्दै हास्यास्पद समेत रहेको प्रतिक्रिया दिए ।

राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई दिएको पछिल्लो समयसीमा सकिनै लाग्दा नेता ओलीले आजै राष्ट्रपति रामवरण यादवसँग पनि भेटेका छन् ।

भेटपछि ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आग्रह अनुसर नै कांग्रेस सभापति सुशील कोइरालालाई आफूहरुले प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सारेको भन्दै एमाओवादीले पटक पटक कुरा फेरेर झुक्याएको आरोप लगाए । उनले राजनीतिक दलले समाधान गर्न नसकेको बढ्दो राजनीतिक संक्रमणकाललाई स्वतन्त्र व्यक्तिले समाधान गर्न नसक्ने ठोकुवा गरे । दलीय सहमतिमा सरकार गठन गर्नुको कुनै विकल्प नरहेको ओलीको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>