समाचारशुक्रबार, पौष २०, २०६९
घरजग्गा ब्यबसायी बस्नेत पक्राउ
बस्नेतले कोहिनुर हाउजिङ, ओरियन्टल विल्डर्स, इष्टर्न अपार्टमेन्ट लगायतका हाउजिङ परियोजना सञ्चालन गरेका थिए । ३/४ बर्ष अघि नै ग्राहकबाट पैसा उठाए पनि कतिपय अपार्टमेन्ट उनले निमार्ण शुरु नै गरेका छैनन् । त्यस्तै निर्माण भइसकेका अपार्टमेन्टहरुको पनि ब्याङ्कमा धितो राखेर ऋण लिएकाले खरिद गर्नेले लालपुर्जा पाउन सकेका छैनन् । बस्नेतले बिभिन्न ब्याङ्कबाट ४ अर्ब भन्दा बढी ऋण लिएका छन् । उनले ६ महिनादेखि ब्याङ्कको ब्याज समेत नतिरेको एक ब्याङ्करले जानकारी दिए । घरजग्गा व्यवसायका कारण बस्नेत समस्यामा परेपछि उनले सञ्चालन गरेको अग्नी एयर समेत गत असोज देखि ग्राउन्डेड भएको छ ।
महानगरीय प्रहरीका एक उच्च अधिकारीले हिमालखबरलाई दिएको जानकारी अनुसार बस्नेतलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाको टोलीले २० पुस दिउँसो पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
