समाचारशनिबार, पौष २१, २०६९

पत्रकार डेकेन्द्र हत्याका ५ अभियुक्त पक्राउ

हिमालखबर

थापालाई तत्कालिन माओवादीका कार्यकर्ताले २७ साउन २०६१ मा कुटपिट गरी हत्या गरेका थिए ।

थापकी पत्नी लक्ष्मीको किटानी जाहेरीका आधारमा प्रहरीले लक्ष्मीराम घर्ती, जयबहादुर शाही, वीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाला पुन मगरलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई २२ पुसमा अदालतमा उपस्थित गराइने प्रहरी निरीक्षक विनोद शर्माले बताए । तीन जना अभियुक्त भने अँझै फरार छन् ।

पक्राउको एकीकृत माओवादी र नेकपा–माओवादीले भने विरोध गरेका छन् । दुवै थरी माओवादीका कार्यकर्ताले निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् ।

थापा परिवारले हत्याराहरुमाथि कार्वाहीको माग गर्दै ५ भदौ २०६५ मा प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता गराएका थिए । तर, ४ बर्षसम्म प्रहरीले अनुसन्धान अगाडि नबढाएपछि नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनी सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले २७ मंसीरमा पुनरावेदन अदालत सुर्खेतमा रिट समेत दायर गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>