समाचारशनिबार, पौष २१, २०६९
कर्णेल लामा न्यायिक हिरासतमा
विश्वव्यापी न्यायीक क्षेत्राधिकारको उपयोग गर्दै बेलायती अदालत (वेष्टमिनिस्टर म्याजिष्ट्रेट कोर्ट) को आदेशमा उनलाई हिरासतमा पठाइएको हो । लन्डनमा सुनुवाइ शुरु हुँदा अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ।
कर्णेल लामामाथि नेपालमा माओवादीले शुरु गरेको सशस्त्र युद्धका बेला दुई बेग्ला बेग्लै घटनामा बन्दीलाई यातना दिएको अभियोग लगाइएको छ । उनलाई ‘विश्वव्यापी न्यायिक क्षेत्राधिकार’ अन्तर्गतको अपराध भनी ब्याख्या गरेको बेलायतको फौजदारी ऐनको दफा १३४ अनुसार तेस्रो व्यक्तिले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
सुडानस्थित शान्ति मिसनमा खटिएका कर्णेल लामा बेलायतमा रहेकी पत्नीलाई भेट्न गएका बेला १९ पुसमा बेलायतको ससेक्स शहरबाट गिरफ्तार गरिएका थिए ।
