समाचारसोमबार, पौष २३, २०६९
राष्ट्रपति–प्रधानमन्त्री भेट
शीतलनिवासमा आज विहान भएको भेटमा बेलायतमा नेपाली सेनाका कर्णेल कुमार लामाको पक्राउ, संवैधानिक निकायमा नियुक्तिलगायतका विषयमा छलफल भएको भेटपपिछ प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीलाई बताए । भट्टराईले अध्यादेशमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्नेबारे छलफल भएको पनि जानकारी दिए ।
बिहान सवा ८ बजेदेखि शुरु भएको छलफल करिव १ घण्टा चलेको थियो । राष्ट्रपति यादवले केही नेताहरुसँगको छुट्टा–छुट्टै परामर्शपछि विघटित संविधानसभाका सबै दलहरुलाई बोलाएर सर्वदलीय बैठक गर्ने तयारी गरेका छन् ।
