समाचारसोमबार, पौष २३, २०६९
‘आन्दोलनबाहेक अर्को बाटो छैन’
२३ पुसमा कांग्रेस सभापति सुशील कोइराला र मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल जेठभित्र निर्वाचन सुनिश्चित गर्नका लागि भट्टराई सरकारलाई आन्दोलनबाटै विस्थापन गर्नुपर्नेमा केन्द्रीत रह्यो । बैठकपछि फोरम अध्यक्ष यादवले भने, “भट्टराई सरकार रहदासम्म न सहमति हुन्छ न निर्वाचन ।” “सहमतिको पहिलो शर्त बर्तमान सरकारको बहिर्गमन हो” उनले थपे “सहमतिमा राजीनामा नदिए आन्दोलनबाटै हटाउँछौं । ”
बैठकमा सहभागी कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार निर्वाचन विरोधी भएको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराई सहमतिमा आउन नचाहेको बताए । रिजालले भने “ लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा जानुको विकल्प छैन ।”
यसअघि गत कात्तिकमा आन्दोलन घोषणा गरेका विपक्षी १५ दलले राष्ट्रपतिले ८ मंसीरमा दलहरुलाई सहमतिका लागि पहिलो पटक औपचारिक आह्वान गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
