समाचारसोमबार, पौष २३, २०६९
‘राष्ट्रपति ‘डेडलक’ बाट निकास दिनुस’
२३ असोजमा शीतल निवास पुगेका अध्यक्ष खनालले राजनीतिक निकासका लागि वर्तमान सरकारको बहिर्गमन र राजनीतिक दलहरुबाटै नयाँ प्रधानमन्त्री बनाइनुपर्नेमा जोड दिएको बताए ।
पुस २५ सम्म पनि सहमतिको सरकार गठन हुन नसके संविधानसभाको पुनःस्थापना गर्ने एमाओवादीको धारणा औचित्यहिन भएको उनले दोहार्याए । अध्यक्ष खनालले भने, “पुनःस्थापना संभव छैन, अहिलेको विकल्प ताजा जनादेश नै हो ।”
आठौं पटकसम्म समय दिंदा पनि दलहरुले सहमति गर्न नसकेका बेला राष्ट्रपति डा रामवरण यादवले नेताहरुसँग बेग्ला बेग्लै छलफल शुरु गरेका छन् । २३ पुस बिहान मात्रै प्रधानमन्त्री बाबुराम भट्टराईलाई शीतल निवासमा बोलाएका राष्ट्रपतिले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि छलफल गरेका थिए ।
त्यसैगरी, २२ पुसमा मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, मालेका सीपी मैनालीलगायतसँग छलफल गरी ठूला दलहरुका कारण सहमति हुन नसकिरहेको बताएका थिए ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष खनालालाई आजै बेलुका भेट्ने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।
