समाचारसोमबार, पौष २३, २०६९

ढेगनीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

हिमालखबर

घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् । माडीकी ढेगनीको हत्या प्रकरणमा झाँक्री जुगेश्वर महतोसहित आठजनाको संलग्नता रहेको अदालतले पुष्टि गरेको छ । सो हत्या प्रकरणमा संलग्न रहेका झाँक्री जुगेश्वरबाहेक ढेगनीका छिमेकी विक्रम महतोको परिवारका सात सदस्यलाई अदालतले सर्वस्वसहित जन्मकैद गर्ने फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले विक्रम महतो, उनकी श्रीमती विक्रमिया, छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रम र झाँक्री जुगेश्वर महतोलाई जन्मकैदको सजाय सुनाएको हो ।

फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा चैत २ गते अदालतमा दर्ता भएको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>