समाचारमंगलबार, पौष २४, २०६९

राष्ट्रपतिको परामर्श जारी, भोलिसम्म सहमति जुटाउन आग्रह

हिमालखबर

२४ पुस बिहान राष्ट्रपति डा यादवलाई भेट्न शीतलनिवास पुगेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भोलिसम्ममा सहमति जुटाउन आग्रह गर्दै त्यसो हुन नसके सहमतिको अन्य विकल्प दिन आग्रह गरेका छन् ।

राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच बिहान साढे ९ बजेदेखि करिब एक घण्टासम्म भएको छलफलमा रिक्त हुदै गएका संवैधानिक निकायमा नियुक्ति, संविधानसभाको निर्वाचन, दलहरुबीच भइरहेको सहमतिको प्रयासका विषयमा छलफल भएको थियो ।

मन्त्रिपरिषद् विघटन गरेर बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बनाउन सकिने सम्भावनाका विषयमा पनि छलफल भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । “राष्ट्रपतिले गर्ने परामर्शमा विभिन्न विकल्पहरु आएको र यो सरकारलाई बहुमतीय प्रक्रियाबाट निकालेर सहमतीय सरकार बनाउनमा दलहरुबीच सहमति जुटाउनेमा पनि छलफल भएको छ ,” राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुङ्गेलले बताए ।

निकासका सम्भावना पहिल्याउन राष्ट्रपति यादवले परामर्श जारी राखेका छन् । अहिले राष्ट्रपति यादवले राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग पनि छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>