समाचारमंगलबार, पौष २४, २०६९

अभियुक्त पक्राउ परेकोमा प्रधानमन्त्रीको आपत्ति

हिमालखबर

राजधानीमा २४ पुसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले हत्याका अभियुक्त पक्राउ परेकोमा विरोध गरेका हुन । राज्यद्धारा बेपत्ता पारिएका भनिएका गोरखाका राजेन्द्र ढकालको नाममा लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालका  घटनालाई कथित मानव अधिकारकर्मीले उचालेर बल्झाउन खोजेको बताए । कार्यक्रममा भट्टराईले भने, “अभियुक्त पक्राउ परेको घट्नाप्रति सरकारको कुनै साइनो र समर्थन छैन ।”

कार्यक्रममा प्रधानमन्त्री भट्टराईले यस्तो प्रवृत्तिले शान्ति प्रक्रिया भाँडिन सक्ने दाबी गरे । पत्रकार थापाको हत्या अभियोगमा राजनीतिक कार्यकर्ता पक्राउ गरिएको  उनको भनाई थियो ।

२० पुसमा प्रहरीले दैलेख द्वारी–१ का लक्षीराम घर्ती, द्वारी–३ का हरिलाल पुन, बालुवाटार–७ का वीरबहादुर केसी, बालुवाटार–९ का निरकबहादुर घर्ती रानीवन–१ का जयबहादुर शाहीलाई पक्राउ गरेको  थियो ।अभियुक्तहरुले हत्यामा आफूहरुको संलग्नता स्विकारी सकेको अवस्थामा प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>