समाचारबुधबार, पौष २५, २०६९

हत्याका अभियुक्त पक्रनु अन्तरिम संविधान विपरीतः एमाओवादी

हिमालखबर

एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा २५ पुसमा जारी विज्ञप्तिमा हत्याका अभियुक्त पक्राउ पर्नुलाई शान्ति प्रक्रिया भाँड्ने षडयन्त्र भनिएको छ । एमाओवादीले हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, “विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को व्यवस्था, मर्म र भावनाविपरीत भएको उक्त घटनालाई हाम्रो पार्टीले शान्ति प्रक्रिया भाँड्ने नियोजित चालबाजीका रुपमा लिएको छ ।”

एमाओवादीले महासेनानी कुमार लामा बेलायतमा पक्राउ पर्नु र हत्याका अभियुक्त पक्राउ पर्नुलाई देशी विदेशी षडयन्त्रको रुपमा परिभाषित गरेको छ । “हत्या आरोपमा मानिसहरूलाई पक्राउ गर्नु शान्तिप्रक्रिया भाँड्ने नियतबाहेक अरु केही हुन सक्दैन भन्ने हाम्रो पार्टीको ठहर छ” विज्ञप्तीमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>