समाचारबुधबार, पौष २५, २०६९

सरकारको त्रुटिले मूल कानुन बनेनः राष्ट्रपति

हिमालखबर

पश्चिम चितवनको शुक्रनगरस्थित जनज्योति पद्मनारायण धर्मकुमारी मल्ल उच्चमाविको स्वर्णजयन्ती समारोहको २५ पुसमा उद्घाटन गर्दै उनले दलहरुबीचमा सहमति गरी संविधानसभाको चुनाव गर्नुपर्ने बताए । उनले भने, “राजधानी फर्केपछि विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दललाई बोलाएर निकासका लागि छलफल गर्ने छु ।”

देशमा भएको परिवर्तन संस्थागत हुन नसकेकोमा दुःख व्यक्त गर्दै उनले थपे , “सबै परिवर्तनका लागि देशवासीले साथ दिए तर लोकतन्त्र र गणतन्त्र राम्रोसँग फल्न सकिरहेका छैन ।” नेपालको परिवर्तनका लागि भएका आन्दोलनमा बिपी, गणेशमान, पुष्पलाल र मनमोहनको भूमिका उल्लेखनीय रहेको भन्दै उनले सबै एकजुट भएर उपलब्धिको रक्षा गर्नुपर्र्नेमा जोड दिए ।

राष्ट्रपति यादवले आफ्नो काम संविधानको रक्षा गर्ने भएको भन्दै सबै जाति र धर्मको रक्षाका लागि समेत आफू प्रतिबद्ध रहेको बताएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>