समाचारबुधबार, पौष २५, २०६९
आयल निगमका पूर्वमहाप्रबन्धक भ्रष्टाचारी ठहर
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले शर्माले पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै एक वर्ष जेल तथा बिगो र जरिवाना गरी एक करोड रुपैँया असुल गर्ने फैसला गरेको छ ।
शर्मासँग करिब ५४ लाख रुपैँया जरीवाना र त्यतिनै रकम बिगो असुल गर्न सर्वोच्चले फैसला गरेको हो । यसअघि विशेष अदालतले पनि शर्माले दुई करोड रुपैयाँ भन्दा बढी भ्रस्टाचार ठहर गर्दै दुई वर्ष कैद र जरिवाना सहित चार करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।
