समाचारबुधबार, पौष २५, २०६९

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध देशभर प्रदर्शन

हिमालखबर

काठमाडौंको नयाँ बानेश्वरमा भएको धर्ना एवम् प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा पत्रकारमात्र नभई कोही पनि सुरक्षित छैन भन्ने स्पष्ट भएको बताएका छन् । “अनुसन्धानलाई प्रभाव पार्ने गरी मुलुकका कार्यकारी प्रमुखको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो, महासंघ यसप्रति घोर आपत्ति प्रकट गर्दछ,” गाउँलेले भने । उनले प्रश्न गरे, “पत्रकार सुरक्षित नहुने मुलुकमा लोकतन्त्र कसरी सुरक्षित रहला ?” नेपाल पत्रकार महासंघले जनकपुरकी पत्रकार उमा सिंहको हत्या भएको दिन २७ पुसमा देशव्यापी रुपमा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि गाउँलेले जानकारी दिए ।

दैलेखमा पुतला दहन
यस्तै पत्रकार थापाको हत्याका अभियुक्तहरुको बयान लिने क्रम रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले निर्देशन गरेको भन्दै दैलेख सदरमुकाममा प्रधानमन्त्रीको पुत्ला दहन भएको छ । हत्याका अभियुक्त लक्षीराम घर्तीमगरसहति ४ जनाको बयानका लागि प्रहरीले अदालतबाट ५ दिनको म्याद थपाएको भए पनि २४ पुसबाट बयान लिने काम र अनुसन्धान रोकिएको छ । अभियुक्तहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि नलगिएकोमा स्थानीय पत्रकार, नागरिक अगुवा, विद्यार्थीलगायतले दिनभर प्रदर्शन गर्नुका साथै दुईघण्टा चक्का जाम समेत गरेका छन् ।

राजविराजमा विरोध प्रदर्शन
पत्रकार थापाका हत्यारा लाई कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले मधेशी पत्रकार समाजको अगुवाईमा राजविराजमा विरोध प्रदर्शन गरेका छन् । पत्रकार थापाको हत्याका अभियोगमा पक्राउ परेका अभियुक्तको बयान लिने काम प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा रोकिएको भन्दै समाजले विरोध ¥यालीसहित प्रदर्शन गरेको हो । पत्रकारहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नारावाजी गर्दै नगर परिक्रमा गरेका थिए । यसैगरी देशका विभिन्न भागहरुबाट पनि प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध र पत्रकार थापाका हत्यारालाई कुनै हालतमा पनि उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन भएका समाचार आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>