समाचारबुधबार, पौष २५, २०६९

एमाले केन्द्रीय बैठकः आन्दोलनको तयारी

हिमालखबर

“वार्ताको माध्यमबाट सहमति हुने सम्भावना निकै कम रहेकाले अब जनजागरण अभियान शुरु गर्ने विषयमा आज छलफल भएको छ,” एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, “वार्ताको ढोका पूरै बन्द गरिसकेका त छैनौं तर, समयमै निर्वाचन गराउनका लागि दबाव दिन पनि आन्दोलनमै जानु पर्ने अवस्था छ । ”

पार्टी मुख्यालय बल्खुमा २५ पुसमा जारी बैठकमा जनजागरण अभियान शुरु गर्ने बारेमा लगभग टुंगो लागेको भन्दै उनले अभियान अन्तर्गत सरकारले गरेका जनविरोधि र आपराधिक गतिविधिहरुको भण्डाफोर गर्ने, मुलुकमा बढ्दो हिंसा, भ्रष्टाचार, दण्डहिनताविरुद्ध जनतालाई सक्रिय बनाउने र आम नेपालीको जनजीवनसँग गाँसिएका मुद्दाहरु सशक्त ढंगले उठाउँदै आन्दोलन गर्ने बताए । उनले भने, “बैठकले सम्भवतः भोलीसम्मा यसबारे टुंगो लगाउने छ ।”

बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले जारी राजनीतिक सङ्कट, यसबीचका वार्ता र सहमतिका प्रयास तथा एमाओवादीका कारण सहमतिको प्रयास सफल हुन नसकेको स्थितिबारे बैठकलाई जानकारी गराएका थिए ।

त्यस्तै बैठकले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको अनुसन्धानलाई अवरोध सिर्जना गर्न खोज्ने प्रधानमन्त्रीका क्रियाकलापको भत्र्सना गर्दै विशेष प्रस्ताव पारित गरेको छ भने विगत केही समयदेखि राजधानीलगायत विभिन्न स्थानमा बढेको चन्दा आतङ्क, बैकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारीमाथि चन्दा नदिएको निहुँमा गरिएको आक्रमण, नेपाल डेरिभेटिभ एक्सचेन्जमा चन्दाकै निहुँमा गरिएको तोडफोड र आतङ्कको निन्दा गर्दै यस्ता क्रियाकलापमा सत्तारुढ दलकै व्यक्तिहरू संलग्न देखिनु आपत्तिजनक भएको ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>