समाचारबिहीबार, पौष २६, २०६९

पत्रकारहरूको सुरक्षाका लागि राष्ट्रसंघको आग्रह

हिमालखबर

२६ पुसमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रोबर्ट पाइपर र युनेस्कोका प्रतिनिधि अक्सेल प्लेथले एक संयुक्त विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको हक र प्रेस स्वतन्त्रताको सम्मान शान्ति प्रक्रियाको सफलताका पूर्वशर्त भएको बताएका छन् । पत्रकारहरू अभिव्यक्ति स्वतन्त्रताका प्रतीक हुन् भन्दै विज्ञप्तिमा जनतालाई लोकतन्त्रप्रति समर्पित गर्न पत्रकारहरूले दिने सूचनाको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चारकर्मीहरूमाथि विगत र वर्तमानमा भइरहेको आक्रमण र त्यसमा संलग्न दोषीहरूलाई दण्डित नगर्नुले नेपालमा दिगो शान्ति तथा विधिको शासनमा अवरोध उत्पन्न गर्नेछ ।” पत्रकार थापाको हत्या प्रकरणमा काम गरिरहेका पत्रकारहरूलाई आएको धम्कीप्रति पनि राष्ट्रसंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राष्ट्रसंघका आवासीय प्रतिनिधि पाइपर र युनेस्को प्रतिनिधि प्लेथले पत्रकारहरूको सुरक्षा र दण्डहीनताको मुद्दासम्बन्धी राष्ट्रसंघीय कार्ययोजना कार्यान्वयनको पहिलो चरणका लागि गठन भएको पाँच राष्ट्रको समूहमा नेपाललाई समावेश गर्ने राष्ट्रसंघको निर्णयको सराहना गरेका छन् । पत्रकारहरू विरुद्ध अपराधका आरोपीहरूलाई न्यायको कठघरामा उभ्याउन नसक्दा दण्डहीनताले प्रश्रय पाउने र त्यसबाट सञ्चारकर्मीहरू विरुद्ध हिंसाको शृंखलालाई अझ बढावा दिने कुरामा विज्ञप्तिले जोड दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>