समाचारशुक्रबार, पौष २७, २०६९
महासंघले आज देशभर प्रदर्शन गर्दै
थापा हत्याका अभियुक्तहरुको कार्वाही प्रभावित हुने गरी प्रधानमन्त्रीको अभिव्यक्ति र महान्यायाधिवक्ता समेतको दबाव आएपछि सो को विरोधमा महासंघलगायत विभिन्न संस्थाहरुले यसअघि पनि धर्ना र प्रदर्शन जारी राखेका छन् ।
महासंघको आजको कार्यक्रम काठमाडौंमा दिउँसो एक बजे र काठमाडौं बाहिर जिल्ला शाखाहरुले पायक पर्ने समयमा प्रदर्शन गर्ने महासंघले जनाएको छ । जनकपुरकी पत्रकार उमा सिंहको हत्या भएको दिन पारेर काठमाडौंको प्रदर्शनीमार्गबाट महासंघले प्रदर्शन शुरु गर्दैछ । स्वर्गीय पत्रकार थापा लगायत अहिलेसम्म हत्या भएका सबै पत्रकारका हत्याराहरुलाई कार्वाही गर्न महासंघले माग गरेको छ ।
हत्याराहरुलाई कार्वाही नभए अन्तर्राष्ट्रिय अदालत जाने महासंघले चेतावनी दिएको छ ।
