समाचारशुक्रबार, पौष २७, २०६९

पृथ्वी जयन्ती मनाइँदै

रासस

पृथ्वी जयन्तीका अवसरमा काठमाडौंमा सिंहदरबारको पश्चिमढोकास्थित पृथ्बीनारायण शाहको शालिकमा माल्यार्पण गरियो । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिद्वारा आयोजित सो कार्यक्रमको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माल्यार्पण गरी शुभारम्भ गरेका थिए । उक्त अवसरमा विभिन्न पार्टीका प्रतिनिधि, पूर्व राष्ट्रसेवक, सर्वसाधारणले पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

शाहको जन्म विसं १७७९ पुस २७ मा  गोरखामा  र देहावसान विसं १८३१ माघेसङ्क्रान्तिमा नुवाकोट देवीघाटमा भएको थियो ।

सरकारले मुलुकमा पछिल्लो राजनीतिक परिवर्तनसँगै विगतदेखि मनाउँदै आएको पृथ्वीजयन्ती विसं २०६३ देखि औपचारिकरूपमा मनाउन छाडेको छ । सरकारको त्यो निर्णय त्रुटिपूर्ण रहेको भन्दै पृथ्वीजयन्ती मनाउन नागरिक समाज र  जनस्तरबाट आवाज मुखरित हुँदै आएको छ ।

यसैबीच राष्ट्रिय एकता दिवसको अवसरमा एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले आज एक विज्ञप्ति प्रकाशन गरी नेपाल सरकारसँग पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन र सार्वजनिक बिदा दिई सम्मान व्यक्त गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>