समाचारशुक्रबार, पौष २७, २०६९
तीन दलको आ–आफ्नै हठका कारण मुलुक दुर्घटनातर्फ: थापा
२७ पुसमा गृह जिल्ला धनकुटा आउएका पूर्व प्रधानमन्त्री थापाले धनकुटाको डाडागाँउमा आयोजित सभालाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । उनले सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने वताए ।
राष्ट्रिय सरकारको गठन गरी निर्वाचनबाट मात्र मुुलुकलाई निकास दिन सकिने वताउँदै पूर्व प्रधानमन्त्री थापाले निर्वाचनका लागी तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए । मुलुकमा अहिले दण्डहिनता बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले डा.बाबुराम भट्टाराईको नेतृत्वको सरकार पुर्णरुपमा असफल भईसकेको बताए ।
-सन्तोष रुचाल/धनकुटा

