समाचारशुक्रबार, पौष २७, २०६९
‘सरकार अपराधी संरक्षण अभियानमा’
२७ पुसमा नुवाकोट सदरमुकाम विदुरमा एम्नेष्टी इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले आस्था र विचार बोकेकै आधारमा हत्या र दमन हुने अवस्था अत्यन्त नित्कृष्ट रहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकार अपराधीलाई संरक्षण दिएरै सत्ता टिकाउने अभियानमा लागेको आरोप लगाए ।
पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई बचाउन प्रधानमन्त्रीले प्रत्यक्ष निर्देशन दिएको दाबी गर्दै उनले यस्तो अवस्थामा आम नेपालीको लागि बाँच्न पाउने अधिकारमाथि नै सरकारले प्रहार गरिरहेको बताएका थिए ।
